काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिले काभ्रे जिल्लाका स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रबार बधाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला बचत संघका अध्यक्ष जीतेन्द्र नकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सागरनाथ कपालीले गर्नु भयो । नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष एवं मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, पाँचखाल नगरपालिका उपप्रमुख सूर्यमायाँ दनुवार, मण्डनदेउपुर नगरपालिका उपप्रमुख भिमबहादुर लामा, नेपाल पत्रकार महासंघको अध्यक्ष बद्रीराज तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला बचत संघका सल्लाहकार इन्द्र अधिकारीले सहकारी ऐन २०७४ अनुसार अर्थतन्त्रको ३ खम्बे अर्थ नीतिमा आर्थिक विकासको एक खम्बा सहकारी भएको र जनताको जीवन समृद्धिको आधार भएकोले स्थानीय पालिकाहरुले सहकारी क्षेत्रको विकासलाई दिगोपन दिन प्रवद्र्धनमा आगामी नीति कार्यक्रम बजेटमा सम्बोघन गर्न आग्रह गर्नुभयो । मेनेजर्स क्लव काभ्रेका अध्यक्ष मदन बस्नेत, काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चका अध्यक्ष सचित खड्का, जिल्ला बचत संघका समिति, उपसमिति कार्यक्रममा सहभागीता रहेको थियो । जिल्ला बचत संघका प्रवन्धक गुरुप्रसाद ढकालले प्रारम्भीक सहकारी संस्थाहरको व्यवसायिक विकास गरी शेयर सदस्यहरुको आर्थिक जीवन स्तरमा सकारात्मक सुधार ल्याउने उद्देश्य राखेको बताउनुभयो । जिल्ला बचत संघका अध्यक्ष जीतेन्द्र नकर्मीले सहकारी संस्थाहरुको संख्यात्मक बृद्धि भएको र गुणात्मक बृद्धि आवश्यक भएकोले स्थानीय सरकारहरुले सहकारी संस्थाहरुको शुसासन पारदर्शीता र जवाफदेहीता कायम गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन सचिव शुरेन्द्र पौडेलले गर्नु भएको थियो । जिल्ला बचत संघका प्रमुख सल्लाहकार रामहरी केसीले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा र प्रमाण पत्रले सम्मान गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया
पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly

सम्बन्धित समाचार
ट्राफिक व्यवस्थापन चुस्त हुन सरोकारवाला सबैको साथ अपरिहार्य : ट्राफिक प्रमुख धाँजु
काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका नयाँ इन्चार्ज प्रहरी निरीक्षक सुनिल धाँजुले ट्राफिक व्यवस्थापन र सवारी ...
अझै पत्ता लागेन बेपत्ता महिलाको अवस्था
काभ्रे । गत सोमबारबाट बाढिले बगाएर बेपत्ता महिला अहिलेसम्म फेला परेको छैन । बिहिबार तालिम प्राप्त कुकुरको सहयोगमा खोजीका...
श्रमिकको न्युनतम पारिश्रमिक पुनराबलाेकन गर्ने श्रमिक संगठनकाे माग
जेष्ठ २ शुक्रबार ,२०८२ काठमाडौ । `नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन´ले श्रमिकहरुकाे न्यूनतम पारिश्रमिक आर्थिक वर्ष ०८२/८...
हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं – आगामी जेठ २ गते अर्थात केहि दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले च...
कुल परम्परा, देवत्व र आत्मीयताको अमूल्य वारिधि : घिमिरे विष्ट कश्यप गोत्रको देवाली पूजाको सांस्कृतिक र आध्यात्मिक विमर्श
महेन्द्र बिष्ट / बनेपा नेपालको साँस्कृतिक वैभव अनेकौं रंगले रञ्जित छन्, ती रंगहरूमध्येको एक अनुपम र जाज्वल्यमान रंग हो; ...
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् । १४ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’मा सिनियर र जु...