रोशी गाउँपालिकाले आज १५ औ गणतन्त्र दिवस २०७९ को अबसरमा शुभकामना आदानप्रदान गरि गणतन्त्र दिवस २०७९ मनाएको छ । दिवसको अवसरमा रेडियो रोशी मार्फत प्रत्यक्ष प्रसारण मार्फत अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिम बहादुर वाइबा ज्वाला र प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ्ले रोशीको नागरिक सङग प्रत्यक्ष कुराकानी गरि नागरिकहरुको मनमा लागेका प्रश्न, जिज्ञासा, गुनासो, अपेक्षा र सुझाव लिएका छन् । नागरिकहरुको जिज्ञासाहरुलाई तत्कालै कार्यन्वयन गर्ने तर्फ आफुहरु उन्मुख रहेको अध्यक्ष दिनेश लामाले बताएका छन् ।
त्यसैगरि, गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा रोशि गाउपालिका अध्यक्ष दिनेश लामाले हिजोको एकात्मक शासन प्रणाली र आजको सङ्घात्मक शासन प्रणालीको फरकपन र परिवर्तन नै गणतन्त्र भएको उल्लेख गरेका छन् । शासन प्रणालीमा रहने नागरिकले ब्यबहारिक र अभ्यासमा लागू गरेर जनतालाइ अनुभुित गराउने तर्फ उन्मुख हुनु पर्ने र आगामी दिनमा रोशीले पनि यसतर्फ जोड दिने अध्यक्ष दिनेश लामाल बताएका छन् । उपाध्यक्ष मिम बहादुर वाइबा ज्वालाले हिजोको दिनमा आफ्नो ज्यानको आहुती दिएर गणतन्त्र ल्याउन सफल बनाउने योद्धाको सम्मान गर्दै नितिगत रुपमा भएको कुरालाई पुर्ण कार्यान्वयनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा रोशि गाउँपालिका भित्रका वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी तथा बुद्धिजीवी ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।
– Radio Roshi बाट