काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लुले आज एक कार्यक्रम बिच आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कोशिपारी क्षेत्रको सबै भन्दा महान भगवान भिमसे मन्दिरलाई साचि राखी मुलखर्क भिमसेन बाट भुम्लु एमालेको घोषणापत्र सार्वजनिक गरिएको हो ।

भुम्लु गाउँपालिका अध्यक्ष पदको उम्मेदवार प्रेम लामा र कल्पना श्रेष्ठले भिमसेन मन्दिर लाई साची राखेर अग्रज राजनीति ब्याक्तित्व जिल्ला कमिटी सचिवालय सदस्य एवम् भुम्लु गाउँपालिका सह-इन्चार्ज नकुल पराजुली र भिमसेन मन्दिरको पुजारी बाट टीका आशीर्वाद लिएर घोषणापत्रको साथै घर दैलो अभियान कार्यक्रम सुरु गर्नु भएको छ ।

घोषणापत्रमा व्यवसायी कृषि, व्यवसायी पशुपालन, सुनकोसीको पानी खेत बारीमा लानी बडाउने जनताको आम्दानी लगायतको कुरा प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गरिएको छ ।

भुम्लु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रेम लामाले घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै घोषणापत्रमा उल्लेख भएका कुराहरु लाई कटिबद्ध भएर काम गर्ने बताउनु भयो । उहाँले भन्नू भयो हामीले कोशिपारी क्षेत्रको नै एतिहासिक धर्मिक विश्वासको महान भिमसेन मन्दिरमा आएर घोषणापत्र सार्वजनिक गरेका छौँ । घोषणापत्र लेखिएका सम्पुर्ण कामहरु पूरा गर्ने कटिबद्ध भएर लाग्ने छौ । भुम्लु लाई हामीले फरक तरिका बाट बिकास गर्ने छौं लामाले भन्नू भयो ।

उता कार्यक्रममा भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले गठबन्ध सरकारको घोर बिरोध गर्नु भएको छ । उहाँले गठबन्धन सरकारले महिलाको संबैधानिक अधिकार लाई हन्न गरेको उल्लेख गर्नु भएको छ । गठबन्धन सरकारले महिला लाई कुनै पदमा पनि नउठाएको हुनले नेकपा एमाले बाट आफू उठेको र महिलाको हल हितको लागि आवाज उठाउने प्रतिबद्धता गर्दै सम्पुर्ण भुम्लुका स्थानीय बासिन्दा लाई सुर्य चिन्हमा मतदान गर्ने अपिल गर्नु भएको छ ।

घरदैलो अभियान कार्यक्रममा जिल्ला कमिटी सदस्य टिकाराम लामा, युवा संघ केन्द्रिय सदस्य रमेश लामा, गाउँ कमिटी अध्यक्ष कृष्ण मान लामा, वडा अध्यक्ष पदको उम्मेदवारहरु वडा सदस्य पदको उम्मेदवारहरु लगायतको उपस्थितिमा घर दैलो अभियान सुरु गरिएको छ । घर दैलो अभियान भुम्लु गाउँपालिका वडा नं. १ बाट सुरु भएको हो । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..