


काभ्रे: काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १ को वडा अध्यक्षमा रामप्रसाद ढकालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।




नेकपा माओबादी केन्द्रबाट मण्डनदेउपुर नगरपालिकाको वडा नं १ को वडा अध्यक्षका लागि ढकालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।


दुई दशक देखि विधार्थी राजनीतिमा सक्रिय ढकाल अखिल क्रान्तिकारीका पुर्ब केन्द्रिय सदस्य समेत हुन । वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित वडा अध्यक्षका लागि ढकालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
नगरको सामाजिक एवं विकास निमार्ण कार्यमा सक्रिय रहेका ढकाल जनताको घर दैलो देखि सिंहदरवारसम्म परिचित छन् । मन्डनदेउपुर १ को शिक्षा, स्वास्थ्य रोजगारी, बाटो, कृषि, व्यापार,पर्यटन, उद्योगलगायत बहुआयामहरुको विकासका लागि वडाको कुशल नेत्तृत्व गर्न सक्षम भएकाले पनि उनले यो चुनावमा वडा अध्यक्षमा जित हासिल गर्ने विश्वास बढेको पार्टी निकट जानकारहरु बताउँछन् ।