

काभ्रेपलान्चोक – जिल्लाको कोशिपारि स्थित चौरीदेउराली गाउँपालिका उपाध्यक्षमा लागि अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य निर्मला गौतम सिफारिस भएकी छन ।
नेकपा माओवादी केन्द्रको सोमबार भएको बैठकले निर्मलालाई गाउँपालिकाको उपाध्यक्ष पदमा सिफारिस गरी प्रदेशमा पठाएको हो ।
जिल्लाको कोशिपारिबाट विद्यार्थी आन्दोलनमा होमेएकी निर्मला लिडरशिप स्वाभाविक छिन । उनले पार्टी तथा समाज ठूलो योगदान पुर्याएकी छन । बिद्यार्थी नेत्रीको रुपमा चिनिने उनले बिद्यार्थी हक हितका लागि सधै अग्रसर भएर तथा समाजका लागि बेलाबेला सडक तथा पार्टिमा उनले आवाज उठाइदै आईरहेकी छन ।





सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी गाउँपालिकाका तथा समग्र काभ्रेमा मात्रै नभई केन्द्रियस्तरमा नै महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन् । उनि सङ्गै गाउपालिका उपाध्यक्षका लागि अन्य दुई जना प्रदेश सिफारिस भएका छन । तारादेवी चौलागाईं र सिर्जना पौडेललाई सिफारिस गरेर प्रदेशमा पठाएका हुन ।

