काभ्रेपलान्चोक – बनेपा नाईटिङ्गेल एकेडेमीकाे ७ औं दीक्षान्त समारोह तथा २०७७ सालमा एसईई उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बनेपाको पाटी भेनुमा कार्यक्रम सम्पन्न भएको हो ।

कालिगण धुलिखेल काभ्रेका गणपती मिलन थापाको प्रमुख आतिथ्यतामा, बनेपाको नाईटिङ्गेल एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंन्जितको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मिलन थापाले दिक्षित र एसईई उतिर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिदै विश्वबजारमा प्रतिस्पर्धी हुने शिक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले बनेपाको नाईटिङ्गेल एकेडेमीले नेपाली जनताका सन्ततीहरुलाई राम्रो शिक्षा दिने महत्वपूर्ण चुनौतिपूर्ण अभिभारा बोकेको बताउनुभयो ।

उता कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंन्जितले प्राविधिक दक्ष जनशक्ति नाईटिङ्गेल एकेडेमीमा निर्माण गरी मुलुकको रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बिद्यार्थीहरु रहेको बताउनु भयो । उहाँले नाईटिङ्गेलबाट उत्पादित जनशक्तिले स्वदेशमा मात्र नभई अन्तराष्ट्रियस्तरमा समेत ज्ञान,सिप र दक्षता प्रदर्शन गरी नाईटिङ्गेल एकेडेमीलाई गौरवान्वित बनाएको धारणा व्यक्त गर्नुभएको थियो ।

नाईटिङ्गेल एकेडेमीका सह-प्रधानाध्यापक उमा बस्नेतले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयको बस्तु स्थिति बारे जानकारी दिनु भएको थियो । 

कार्यक्रममा युवा नेता तथा समाजसेवि जेनिश लामा, पतञ्जली योग समिति वाग्मती प्रदेशका अध्यक्ष ग्रोबेन तौजले, काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल, शिक्षा सदन मा.विका प्र.अ पुकार कारंजित, नाईटिङ्गेल एकेडेमीका प्रथम महिला शिन्जा रंन्जित लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको संचालन बिक्रम प्रजापतिले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly