काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ । गाउँ टोलमा टोल कमिटी गठन गरि टोल लाई नै एमाले मय बनाएको छ ।

नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि यति बेला बनेपा नगरको गाउँ टोल नै एमाले मय भएको छ ।

आज बनेपा नगरपालिका वडा नं. १० मा नेकपा एमाले मिजार टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य मुक्ति बिष्ट, आत्माराम थापा, जमुना भुजेल, नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंन्जित, उपाध्यक्ष नवराज मानन्धर, सचीव श्रीधर पराजुली, बनेपा नगरपालिका वडा नं. १० का निर्वाचित वडा अध्यक्ष चन्द्र बहादुर खड्का, वडा कमिटीका अध्यक्ष पवन कुमार केसी लगायतको उपस्थितिमा मिजार टोल कमिटी गठन भएको छ। 

बनेपा नगरपालिका वडा नं. १० मिजार टोल बाट अध्यक्षमा अर्चना दाहाल सहित ९ सदस्य कमिटी गठन भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly