एमसीसीमा एमालेको मौनता तोडियो, पक्षमा मतदान नगर्ने

काठमाडौँ – नेकपा एमालेले एमसीसीमा समर्थन नगर्ने भएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेको यस्तो धारणा आएको हो ।  यसअघि सत्ता गठबन्धनको निर्णयपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने अडान लिएको एमालेले अहिलेको अवस्थामा एमसीसीलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले संसदमा एमसीसी टेवल भएमा विपक्षमा मतदान गर्ने बताएका हुन् । उनले भने ‘एमालेले अहिलेको अवस्थामा एमसीसीको पक्षमा मतदान गर्दैन, संसदमा टेवल भयो भनेपनि विपक्षमा मतदान गछौँ,’ स्थानीय तहको निर्वाचन नजिकिएकालेपनि एमाले एमसीसीको विपक्षमा लागेको हुनसक्ने विश्लेषण गरिएको छ ।

बिज्ञापन

यता कांग्रेस भने एमसीसी पास गराउने कसरतमा छ । भोलि बस्ने संसद बैठकमा एमसीसी टेवल गर्ने सरकारको तयारी छ ।