काठमाडौं । दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव शुक्रबार र शनिवार काठमाडौंमा हुने भएको छ । नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष बिशाल काल्तनले दिनुभएको जानकारी अनुसार नेपाल तामाङ कलाकार संघको आयोजनामा यही २०७८ मंसिर २४ र २५ गते काठमाडौं चुच्चेपाटीस्थित ह्यात होटेलको प्राङ्गणमा हुन लागेको हो ।
‘सम्पुर्ण तामाङ कलाकारहरुको एकता,तामाङ कला,संस्कृतिको विकास,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिवध्दता’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा ख्यातिप्राप्त कलाकारहरु क्रमशः जनयन्द लामा,चन्द्रकुमार मोक्तान,चन्द्रकुमार दोङ,इन्दिरा गोले,रोज मोक्तान,प्रेम लोप्चन,जमुना योन्जन,इन्दिरा योन्जन,तुलसा वाईबा,चाँदनी मोक्तान,सन्तोष लामा,हेम वाईबा,डीजे तेन्जिङको साथै अन्य चर्चित तामाङ कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति हुने छ ।
काठमाडौं चुच्चेपाटीस्थित ह्यात होटेल चौंरमा बिहान ११ बजे हुने महोत्सवमा उपस्थितको लागि अनुरोधसहित निमन्त्रणा गरेका छन् । बिशालका अनुसार ताम्बा तथा मौलिक सेलो गीतहरुको समेत प्रस्तुति रहने महोत्सवले समग्रमा तामाङ समुदायको सभ्यता र संस्कृतिको झल्को दिनेछ ।   

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly