बनेपा – काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ४ मा रहेको नाला इन्टरनेशनल क्याेकुशिनकाई करांते डाे (IKkF) ले आयाेजना गरेकाे प्रथम मेयर कप तथा दोस्रो पुरुष तथा महिला राष्ट्र ब्यापी कराँते प्रतियाेगिताकाे आज बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरहसिंह वादेले उद्घाटन गर्नु भएको छ । 

कार्यक्रममा बोल्दै बादेले बनेपामा खेल क्षेत्रको बिकासका लागि सदैब आफू लागी परेको बताउनु भएको छ। उहाँले नगरपालिकाले खेल क्षेत्रको बिकास गर्न र उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न प्रशिक्षण कार्यक्रम समेत गर्दै आएको जानकारी दिनु भयो । उहाँले खेल क्षेत्रको लागि बजेट नै छुट्याएर काम गरेको बताउनु भयो ।

प्रथम मेयर कप दोश्रो पुरुष तथा महिला राष्ट्रव्यापी फुल कन्ट्याक कराँते प्रतियोगिताको पन्चम श्रेष्ठको सभापतित्व र विशेष अतिथि बनेपा नगरपालिका उप-प्रमुख रेखा दाहाल, बनेपा नगरपालिका प्रशासकीय अधिकृत कविराज उप्रेती,नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जित, बनेपा नगरपालिका वडा नं.३ का अध्यक्ष कृष्ण प्रसाद दाहाल त्यसैगरी ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly