
काभ्रे। नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा र युवा परिवर्तन समाज बासडोलको संयुक्त आयोजनामा आइतबार (२०८३ कार्तिक १५ गते) सम्पन्न खुला रक्तदान कार्यक्रममा २८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रका २८ जना रक्तदाताले रक्तदान गर्दै मानवीय सेवामा योगदान पुर्याएका हुन्। रक्तदान कार्यक्रममार्फत समाजमा रक्तदानप्रतिको सकारात्मक सोच, मानवीय भावना र सामाजिक एकताको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाका पदाधिकारी, कार्यसमिति सदस्य तथा पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रम सफल बनाउन युवा परिवर्तन समाज बासडोलका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यस्तै, प्राविधिक सहयोग काभ्रे जिल्ला रक्तसञ्चार केन्द्रले उपलब्ध गराएको थियो।
कार्यक्रमपछि नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाका सभापति मुकुन्द शर्मा (वाग्ले) ले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, संघसंस्था, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
सभापति शर्माले रक्तदान केवल रगत दिनु मात्र नभई कसैको जीवन बचाउने महान् मानवीय सेवा भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
रक्तदान गर्ने २८ जना रक्तदाताहरू
१. विनोद राज शर्मा (वाग्ले)
२. पूजा शर्मा जंगम
३. सुसान्त थापा
४. दिपिका थापा
५. शौरभ बिष्ट
६. राजेन्द्र तामाङ
७. शुभास घिसिङ
८. शुभास भुजेल
९. कौशल तामाङ
१०. सत्यमान तामाङ
११. पुरुषोत्तम थापा
१२. राजकिशोर ठाकुर
१३. छेवाङ लामा
१४. राज लामा
१५. शुस्मा धिमाल
१६. विवेक के.सी.
१७. उमेश लामा
१८. मुकुन्द शर्मा (वाग्ले)
१९. अनिश तामाङ
२०. नारायण रावल
२१. शिव विश्वकर्मा
२२. शुमन बस्नेत
२३. अप्सरा राउत
२४. आरपिज राउत
२५. गीता कुँवर
२६. कमल थापा
२७. प्रदीप खड्का
२८. सञ्जीव कुँवर



