
काठमाडौँ, अशोज २४ गते । यहि अशोज २३ गते, शुक्रबार (अक्टोबर ९) का दिन काठमाडौँको चर्चित पर्यटकीय तथा रात्रिकालीन मनोरञ्जनको केन्द्र ठमेलस्थित VIP RESTAURANT LOUNGE BAR मा “सँगसँगै नाचौँ, गाऔँ, रमाऔँ, बिजया दशमी हर्षाेल्लासका साथ मनाऔँ” भन्ने नाराका साथ एक भव्य दशैँ विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

अमेरिका लगायत विश्वका विभिन्न देशहरूमा आफ्नो सांगीतिक प्रस्तुति दिएर नेपाली गीत-संगीतलाई विश्वभर प्रवर्द्धन गर्दै आएका चर्चित ब्यान्ड ‘ग्लुमी गाइज’ का मुख्य गायक तथा संगीतकार हरि कर्माचार्य दुई वर्षको लामो अन्तरालपछि नेपाल फर्किएका हुन्। नेपाल आगमनलगत्तै उनले रात्रिकालीन मनोरञ्जनको केन्द्र ठमेलमा आफ्नो नयाँ र सशक्त ब्यान्डका साथ भव्य सांगीतिक प्रस्तुति दिएका छन्।

नयाँ ऊर्जासहितको पुनरागमन नेपाली सांगीतिक क्षेत्रमा कुनै समय छुट्टै पहिचान बनाउन सफल आफ्नै पुराना नयाँ ब्यान्डका अग्रज सदस्यहरूलाई एकठाउँमा समेट्दै गायक कर्माचार्यले नयाँ ब्यान्डका साथ उनी पुनः बजारमा आएका छन् ।


पछिल्लो समय नेपाली सांगीतिक बजारमा दिनहुँ सयौँ गीतहरू आउने र केही दिनमै बजारबाट हराएर जाने प्रवृत्ति बढ्दो छ। तर, हरि कर्माचार्यका गीतहरू भने ‘सदाबहार’ (Evergreen) सावित भएका छन्।
उतिबेला नै अत्यधिक चर्चा र लोकप्रियता बटुल्न सफल उनका गीतहरू आजका युवा पुस्तामाझ पनि उत्तिकै लोकप्रिय र गुनगुनाउने खालका छन्। पुराना कालजयी हिट गीतहरूलाई आधुनिक सांगीतिक ढाँचा र नयाँ ऊर्जाका साथ नयाँ ब्यान्डमार्फत पस्किएपछि ठमेलको माहोल अझ विशेष बनेको थियो।
रातभर झुमे दर्शक: ‘पिरतिले खेल खेल्यो’ देखि हिट गीतहरूको ओइरो कार्यक्रममा कर्माचार्यले आफ्ना सदाबहार हिट गीतहरू “पिरतिले खेल खेल्यो…”, “आकाशैमा चील उड्यो फन्न…” लगायत दर्जनौँ कालजयी गीतहरू पस्किएका थिए। उनका गीतको धुन सुरु हुनासाथ VIP Restaurant Lounge Bar मा उपस्थित दर्शकहरू रातभरि नै झुमेर नाचेका थिए।
विदेशमा रहेर पनि नेपालीपन, नेपाली संस्कृति र मौलिक गीत-संगीतप्रति उत्तिकै माया र लगाव राख्दै आएका कर्माचार्यले आफ्नो प्रस्तुतिमार्फत नेपाली संगीतप्रतिको अगाध प्रेम झल्काएका थिए। उनले विगतका ती मिठा सांगीतिक क्षणहरूलाई पुनः ताजा बनाउँदै दर्शकहरूलाई मनोरञ्जनको शिखरमा पुर्याएका थिए।
पछिल्लो समय झनै लोकप्रिय बन्दै कर्माचार्य नयाँ पुस्ताका सांगीतिक पारखीहरूमाझ पनि उत्तिकै लोकप्रिय बन्दै गएका हरि कर्माचार्य अहिले सांगीतिक क्षेत्रमा निकै खोजिने र रुचाइएका गायकका रूपमा स्थापित छन्।
पुराना र नयाँ ब्यान्डका दिग्गज संगीतकर्मीहरूको संयोजनमा तयार भएको नयाँ टोलीसहित बजारमा आएपछि उनको सांगीतिक यात्राले थप उचाइ लिने अपेक्षा गरिएको छ।
ठमेलको रात्रिकालीन माहोलमा नेपाली धुन र दशैँको शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रमले नेपाल फर्किएका गायक कर्माचार्यको आगमनलाई थप स्मरणीय र उत्साहजनक बनाएको छ

