भोटेकोशी बाढीपीडितका लागि बनेपा ब्वाइज क्लबद्वारा १ लाख ७ हजार ९ सय १२ रुपैयाँ सहयोग

बनेपा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि बनेपा ब्वाइज क्लब (बीबीसी) र मातृसंस्था टिम बीबीसीले स्थापना गरेको विपद् कोषमार्फत रु. १ लाख ७ हजार ९ सय १२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

क्लबका साथीहरू तथा शुभचिन्तकसहित ३२ जना दाताबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको क्लबले जनाएको छ।

बिज्ञापन

विपद् कोषमा सहयोग गर्ने दाताहरू 

१. सरोज कुमार तिमलसिना — रु. ३,०००
२. बद्री तिमलसिना — रु. ३,०००
३. प्राणगोपाल श्रेष्ठ — रु. ५,५५५
४. महेश कुमार कर्माचार्य — रु. ५,५५५
५. न्यू गौतम सप्लायर्स एण्ड कोल्ड स्टोर, बनेपा–७, भरत गौतम — रु. ५,५५५
६. गौतम केसी — रु. २,००५
७. पारसमणि कायस्थ — रु. २,५००
८. कृष्णप्रसाद हुमागाई — रु. ३,५००
९. किशोर बरून — रु. ३,१००
१०. नरेशराज कायस्थ — रु. ३,१००
११. सुदर्शन हुमागाई — रु. ३,३३३
१२. आर.एन.ए. फ्लावर एण्ड डेकोरेशन सेन्टर, बनेपा–७, रवी खड्का — रु. २,५२५
१३. सन्तोष श्रेष्ठ, बनेपा–८ — रु. ३,५००
१४. रोशन श्रेष्ठ, बनेपा–८, क्लब सदस्य — रु. ३,००५
१५. सुशील राजबंशी — रु. ३,५००
१६. डिजे प्रकाश श्रेष्ठ पासा, क्लब सदस्य — रु. १,१११
१७. सौगत मानन्धर, क्लब सदस्य — रु. १,१११
१८. एस.आर.एन. जेन्ट्स एण्ड लेडिज टेलर्स, बनेपा–८, प्रो. सुजन महते — रु. २,२२२
१९. प्रभुकृष्ण रञ्जितकार, क्लब सदस्य — रु. १,१११
२०. बिकाश पन्त — रु. १,००१
२१. बलराम श्रेष्ठ, प्रो. जय भीमसेन सप्लायर्स, क्लब शुभचिन्तक — रु. ५,५५५
२२. प्रकृति कर्माचार्य, Gold Coast, QLD Australia — रु. ११,१११
२३. कुमार श्रेष्ठ, प्रो. कुमार फ्रेश भेजिटेबल सप्लायर्स स्टोर, बनेपा–७ — रु. ३,३३३
२४. सुरेन्द्र शाही, प्रो. सुजन मिट सप, बनेपा–७, क्लब शुभचिन्तक — रु. ३,३३३
२५. बाबुरत्न श्रेष्ठ/राजन श्रेष्ठ — रु. ५,५५५
२६. राजन मानन्धर — रु. २,५५५
२७. राधिका खुलाल — रु. १,१११
२८. मणिकुमार तुम्रोक — रु. ३,३३३
२९. हीरा शर्मा नेपाल — रु. २,१००
३०. कौशल राज खड्का — रु. २,००१
३१. विधान जोशी — रु. २,५२५
३२. विष्णुओम पोटे — रु. ६,१११

क्लबका अध्यक्ष तथा टिम बीबीसीका संस्थापक संयोजक महेश कुमार कर्माचार्यले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण दाता, क्लबका साथीहरू तथा शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेका छन्।

क्लबले “मानवीय सेवामा हाम्रो सानो सहयोग, विपद्मा परेकाहरूका लागि ठूलो सहारा” भन्ने भावनाका साथ भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको पीडा र दुःखमा साथ दिन सबैलाई राहत तथा सहयोग अभियानमा सहभागी हुन आह्वान गरेको छ।