काभ्रेपलान्चोक – नेपालीहरुको महान पर्व दशौ नजिकिदै गर्दा बजारमा अनुगमन सुरु भएको छ । राजधानी पूर्वको मुख्य ब्यापारिक केन्द्र काभ्रेको बनेपा र पनौतीमा बजार अनुगमन गरिएको छ ।

सहायक जिल्ला अधिकारी अमरदिप सुनुवारको अनुगमन टोलीले आज बनेपा बजार अनुगमन गरेको हो । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव पुडासैनी, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोईराला, काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदार, कोषाध्यक्ष रजित पलाञ्चोके लगायतको उपस्थितिमा अनुगमन भएको थियो ।

अनुगमन टोलीले हिजो पनौतीमा बजार अनुगमन गरेको थियो भने टोलीले म्याद नाघेका केहि सामाग्री बरामद गरेर नष्ट गरेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly