
काठमाडौं – नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर आयोजनास्थलमा परिचालन गरिएको छ । बट्टारसम्म पुर्याइएका ती उपकरणलाई खण्ड–खण्डमा छुट्याएर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ पुर्याइएको हो ।

बाढी प्रभावितको उद्धार तथा खोजीका लागि नेपाली सेनासहितको टोली निरन्तर परिचालन गरिएको छ। गएराति आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बने पनि प्रयास जारी रहेको सेनाले जनाएको छ।
बिज्ञापन

सेनाका अनुसार सुरुङको प्रवेशद्वार खोल्ने ‘ब्रेक थ्रु’को काम करिब एक घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य छ। प्रवेशद्वार खुलेपछि सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अघि बढाइनेछ।



