
धुलिखेल एकीकृत जग्गा विकास आयोजनाको प्रगति समीक्षा, चुनौती र आगामी कार्यदिशाबारे अन्तरक्रिया सम्पन्न


धुलिखेल, / धुलिखेल एकीकृत जग्गा विकास आयोजनाको हालसम्मको प्रगतिको समीक्षा, आयोजना सम्पन्न गर्न बाँकी रहेका चुनौतीहरूको पहिचान तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यले धुलिखेल नगरसभाहलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. ४ मा सञ्चालन भइरहेको जग्गा एकीकरण आयोजनाका जग्गाधनीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा सम्बन्धित पक्षहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आयोजनालाई छिटो, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सुझाव तथा धारणा प्रस्तुत गरेका थिए।


छलफलका क्रममा आयोजनाको हालसम्मको प्रगति, बाँकी रहेका प्राविधिक तथा प्रशासनिक चुनौतीहरू, समाधानका उपाय र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। साथै, सबै पक्षबीच आपसी सहकार्य, समन्वय र सहमतिका आधारमा आयोजना सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य सुझाव, धारणा तथा रचनात्मक सहयोग प्रदान गर्ने सम्पूर्ण जग्गाधनीहरूलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

