धुलिखेलमा एकल तथा विपन्न महिलाका लागि रोजगार कार्यक्रम, बजेट व्यवस्था

धुलिखेल । धुलिखेल नगरपालिकाले आर्थिक रूपमा कमजोर तथा एकल महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ एकल तथा विपन्न महिला रोजगार कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको हो। यस कार्यक्रमअन्तर्गत एकल तथा विपन्न महिलालाई सीप विकास, स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

बिज्ञापन

नगरपालिकाको यो पहलले महिलाको आर्थिक सशक्तीकरण, रोजगारी सिर्जना तथा जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ