धुलिखेलमा सडक कालोपत्रे कार्यको अनुगमन, गुणस्तरीय निर्माणमा जोड

धुलिखेलमा सडक कालोपत्रे कार्यको अनुगमन, गुणस्तरीय निर्माणमा जोड

धुलिखेल, धुलिखेल नगरपालिका–७ अन्तर्गत सरस्वती बजारदेखि सारथी होटलसम्मको सडकखण्डमा कालोपत्रे (पिच)
भयको छ ।
कार्यवाहक नगर प्रमुख निराजन जंगम, वडा नं. ७ का वडा अध्यक्ष तथा प्राविधिक टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका थिए

बिज्ञापन

निरीक्षणका क्रममा निर्माण कार्य निर्धारित मापदण्डअनुसार गुणस्तरीय रूपमा सम्पन्न भइरहेको छ वा छैन भन्ने विषयमा प्राविधिक मूल्याङ्कन गरिएको थियो। नगर प्रमुख जंगमले सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न तथा गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण पक्षलाई निर्देशन दिएका थिए

स्थानीयवासीको दैनिक आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त सडक कालोपत्रे कार्य सम्पन्न भएपछि यस क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।

धुलिखेल नगरपालिकाले आगामी दिनमा पनि विकास निर्माणका कार्यलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।