१७ औं डी सिने अवार्डमा सचित खड्का चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौं । रंग पत्रकार सचित खड्का १७औं डी सिने अवार्ड अन्तर्गत प्रदान गरिएको ‘रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्।

चलचित्र पत्रकारिता क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै खड्कालाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो। लामो समयदेखि नेपाली चलचित्र क्षेत्रका गतिविधि, कलाकार तथा चलचित्र उद्योगसँग सम्बन्धित विषयमा सक्रिय पत्रकारिता गर्दै आएका खड्काको योगदानलाई अवार्डमार्फत सम्मान गरिएको आयोजकले जनाएको छ।

बिज्ञापन

यसै अवार्ड समारोहमा निर्देशक ज्ञानेन्द्र देउजा तथा अभिनेत्री निरुता सिंह लाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिएको छ।

नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको डी सिने अवार्डको १७औं संस्करणमा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।