ज्योति एकेडेमीद्वारा एस.ई.ई.–२०८२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

 

काभ्रे । ज्योति एकेडेमीले एस.ई.ई.–२०८२ उत्तीर्ण गरेका विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

बिज्ञापन

एकेडेमीले विद्यार्थीहरूले जीवनको महत्वपूर्ण शैक्षिक चरण सफलतापूर्वक पार गरेको उल्लेख गर्दै आगामी यात्रा अझ जिम्मेवार, सिर्जनशील र अवसरहरूले भरिपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

विद्यालयले आत्मविश्वास, मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्दै आफ्ना सपना र लक्ष्यहरू पूरा गर्न विद्यार्थीहरू सफल हुने विश्वास व्यक्त गरेको छ। साथै विद्यार्थीहरूको सफलतामा अभिभावक, शिक्षक तथा विद्यालय परिवारको साथ, माया र प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

“सफलता अन्त्य होइन, यो नयाँ यात्राको सुरुवात हो” भन्दै एकेडेमीले आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्न सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिएको छ।