पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

 

काभ्रेपलाञ्चोक — जिल्लाको चौरीदेउराली गाउँपालिका–७ टाडिगाउँस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पहिरो जाँदा एक स्काभेटर चालकको ज्यान गएको छ।

बिज्ञापन

सडक ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको थियो।

सो क्रममा स्काभेटर चालक रौतहट जिल्ला पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्माली क्याबिनभित्र च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।