
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी कर्मचारीहरुका लागी सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको समन्वयमा र Opal Dental Care स्वयम्भूको प्रत्यक्ष सहयोगमा आयोजित “एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम” नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा संचालन भएको थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूका अध्यक्ष राजु खरेल एंव कोषाध्यक्ष राजेन्द्र तण्डुकार, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन





