इनिशा बिक हत्याकाण्डविरुद्ध कडा खबरदारी : न्यायको मागसहित सम्पन्न सभामा यमुना केसी को बुलन्द आवाज

 

काभ्रे — सामूहिक बलात्कारपछि हत्या गरिएकी इनिशा बिक लाई न्याय दिलाउन माग गर्दै आयोजित खबरदारी सभा कडा नाराबाजी र आक्रोशपूर्ण आवाजबीच सम्पन्न भएको छ।

बिज्ञापन

जनचेतना समाज परिवर्तन नेपालको आयोजनामा सम्पन्न सभामा सहभागीहरूले “खबरदार ! खबरदार !! खबरदार !!!”, “इनिशा बिकलाई न्याय देऊ”, “बलात्कारीलाई संरक्षण बन्द गर” जस्ता नारामार्फत दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेका थिए ।

सभामा बोल्दै चर्चित सामाजिक अभियन्ता तथा समाजसेवी यमुना केसीले महिला हिंसाविरुद्ध समाज मौन बस्न नहुने बताउँदै अपराधीलाई जोगाउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिइन्। उनले छोरी–चेलीको सुरक्षामाथि बारम्बार चुनौती थपिँदै गएको अवस्थामा नागरिक दबाब अझ सशक्त बनाउनुपर्ने धारणा राखिन्।

उनि भर्खरै सम्पन्न प्रतिनिधि सभा सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारको थिइन् । अन्तिम समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिदै राष्ट्रिय स्वतन्त्र पार्टी लाई सघाएकी थिइन्

सभामा सहभागीहरूले पीडित परिवारलाई न्याय, दोषीलाई कडा सजाय र महिलामाथि हुने हिंसाविरुद्ध राज्य स्पष्ट रूपमा उभिनुपर्ने माग गरेका थिए।