काभ्रे–१ मा एमालेप्रति आकर्षण बढ्दो, कार्यकर्ता प्रवेश जारी

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीका केही कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्। रोशी गाउँपालिका वडा नं. ७ मा आयोजित एक कार्यक्रमबीच उनीहरू औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन्।

नवप्रवेशी कार्यकर्तालाई काभ्रे निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अमित लामा, नेकपा (एमाले) काभ्रेका जिल्ला अध्यक्ष राजन भुर्तेल, पूर्व मन्त्री चन्द्र लामा तथा जिल्ला उपाध्यक्ष देवसागर लामा लगायतका नेताहरूले खादामाला लगाएर स्वागत गरेका थिए।

बिज्ञापन

कार्यक्रममा बोल्दै नेताहरूले पार्टीलाई अझ सशक्त बनाउँदै विकास र समृद्धिको अभियानलाई गाउँ–गाउँसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनीहरूले नवप्रवेशी कार्यकर्तालाई संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रहसमेत गरेका थिए।