शिक्षा सदन माविमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।

बनेपा नगरपालिका वडा नं. ८ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ११० जना छात्र–छात्रालाई ट्राफिक नियम, सडक सुरक्षा तथा सवारी साधन प्रयोगसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

बिज्ञापन

कार्यक्रमका क्रममा ट्राफिक नियम समेटिएका पम्पलेट वितरण, जनचेतनामूलक र्‍याली तथा व्यवहारिक अभ्याससमेत गराइएको थियो। यसले विद्यार्थीहरूलाई दैनिक जीवनमा ट्राफिक नियम पालना गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।

कार्यक्रमबाट विद्यार्थीहरूमा सडक सुरक्षा र ट्राफिक नियमप्रति सचेतना वृद्धि हुनुका साथै विद्यार्थीमार्फत समुदायस्तरमा समेत जनचेतनाको विस्तार भई सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ।