
जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल – ८ बडालगाउँको १८ औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उद्धब प्रसाद बडालको सभापतित्वमा सम्पन्न भएको साधारण सभाले रमेशप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

नयाँ संचालक समितिको उपाध्यक्ष कृष्ण बहादुर भुजेल , सचिव गणेशप्रसाद बडाल , कोषाध्यक्ष पपार्वती के.सी र सदस्यहरुमा जानुका चौलागाईं ,चादँनी चौलागाईं , प्रल्हाद बडाल , रामहरि बडाल र राजकुमार मिजार रहनु भएको छ । यसैबीच दामोदर बडालको संयोजकत्वमा नवराज हुमागाई र प्रतिमा बडाल रहेको लेखासुपरिवेक्षण समिति समेत निर्वाचित भएको बताईएको छ ।

संचालक समिति सदस्य गणेशप्रसाद बडालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिब रमेशप्रसाद बडालले प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तत गर्नुभयो भने कोषाध्यक्ष रमेशप्रसाद न्यौपानेले आ.व ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । ६०० जना शेयर सदस्य रहेको संस्थाको पुँजी ३१ लाख ४८ हजार ,कारोबार २ करोड ६४ लाख ४ हजार ५३८ रहेको छ । निर्वाचन उप-समिति संयोजक ( अधिकृत ) साधुराम बडाल र सदस्यहरु कृष्ण प्रसाद शर्मा र शिव चौलागाईंले नयाँ निर्वाचित टिमको घोषणा गर्नुभएको कार्यक्रमको सन्चालन संस्थाका ब्यवस्थापक नवराज बडालले गर्नुभएको थियो ।




