

काभ्रे । भुम्लु गाउँपालिकाकी पुर्व उपाध्यक्ष कल्पना श्रेष्ठ पुनः नेकपा एमालेमा फर्किएकी छन्। केही महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी श्रेष्ठ पुनः आफ्नो पुरानो दल नेकपा एमालेमै फर्किएको नेकपा एमाले काभ्रेका नेता प्रेम लामाले जानकारी दिएका छन्।
बिज्ञापन

उनका अनुसार उपाध्यक्ष श्रेष्ठ हालै आयोजित एमालेको कार्यक्रममा सहभागी भइसकेकी छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा उनको सक्रिय सहभागिता रहेको थियो।


श्रेष्ठको पुनः एमाले प्रवेशसँगै भुम्लु गाउँपालिकाको स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग आएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।


