

अविरल जिम्बा (खड्ग बहादुर जिम्बा) काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ३ का युवा सामाजिक अभियन्ता तथा राजनीतिक रूपमा उदाउँदै गरेका व्यक्तित्व हुन् ।
उहाँको जन्म २०४३ सालमा बुबा रत्नमान जिम्बा र आमा ठुली माया घिसिङको कोखबाट भएको हो । बाल्यकाल गाउँमै बिताएका जिम्बाले जनविकास मावि, तालढुङ्गाबाट २०६० सालमा एसएलसी उत्तीर्ण गरि ब्याचलर सम्म अध्ययन गर्नुभएको छ । उहाँको परिवार सामाजिक तथा राजनीतिमा सक्रिय रहँदै आएको छ – बुबा रत्नमान जिम्बा प्रधानपञ्च रहनुभएको थियो भने दाजु इन्द्रमान जिम्बा २०५४ सालमा गाविस अध्यक्ष भएका थिए । अर्का दाजु सागर जिम्बा हाल वडाध्यक्ष हुनुहुन्छ, जसबाट अविरल जिम्बा सामाजिक सेवा र राजनीतिमा प्रेरित भएका हुन् ।

काठमाडौंमा संघर्षपूर्ण जीवन बिताउँदै ब्यवसायिक, सामाजिक र राजनितिक सेवामा होमिएका अविरल जिम्बा आज काभ्रे मात्र नभई सोलुखुम्बु, धादिङ, नुवाकोट लगायत जिल्लामा पनि परिचित नाम बनेका छन्। विद्यालय र स्वास्थ्य चौकी भवन निर्माण, स्वास्थ्य शिविर सञ्चालन, न्यानो कपडा, स्टेशनरी, ल्यापटप, प्रोजेक्टर, फर्निचर, स्वास्थ्य सामग्री वितरण, तथा बाढी–पहिरोको समयमा रोशी, तेमाल,पनौती र खानीखोलामा राहत कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । राजनीतिमा स्थानीय प्रदेश केन्द्र सम्मको राजनीतिक र सरकारी संयन्त्रमा सबै तहको राम्रो जानकार अविरल जिम्बा विकास भनेको भौतिक संरचना मात्र नभई चेतनाको विकास, देश र जनताको आर्थिक विकास मुख्य हुन बताउछन । सरकारले बजेट ब्यवस्थापन गर्दा उत्पादनको क्षेेत्रमा र उद्योग कलकारखानामा लगानी गर्ने र उद्योग व्यवसायीहरुलाइ एक प्रतिशत ब्याजदरमा लोन दिनु पर्ने बताउछन ।


जेन्जी (Gen-Z) आन्दोलनपछि राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने माग तीव्र बनेसँगै युवा, बृद्दबृद्दा, जेन्जि, बालबालिका समेतको मन मस्तिष्कमा बस्न सफल साथै सबै पक्षलाई मिलाएर लान सक्ने खुबी पनि उनमा भएको कारण नेकपा काभ्रेले अगाडि सार्ने रणनीति अन्तर्गत अविरल जिम्बालाई पनि उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
नेकपा एमाले र नेपाली कांग्रेसबाट यस क्षेत्रमा पुरानै अनुहार आउने सम्भावना रहेकाले नेकपाबाट नयाँ, युवा र लोकप्रिय सामाजिक व्यक्तित्व अविरल जिम्बालाई अघि सारेमा चुनाव जित्ने सम्भावना बलियो हुने आँकलन काभ्रे जिल्ला पार्टीले गरेको छ । पाँच जनामा उनको नाम सिफारिस भए सँगै उनको गृह पालिका खानीखोलाको जनतामा छुट्टै उत्साह उमङ्ग थपिएको छ ।


