निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने

# निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, पुष ०९, २०८२
निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले बुधबार एक सूचना जारी गर्दै एम्बुलेन्स सेवा निर्देशिका–२०८२ को उल्लङ्घन गरी एम्बुलेन्स सञ्चालन गरेमा कारबाही गरिने चेतावनी दिएको हो।

इकाईले जारी गरेको सूचनामा हाल केही एम्बुलेन्सहरूले निर्देशिकाविपरीत आर्थिक प्रलोभनमा परेर बिरामी वा घाइतेलाई उनीहरूको इच्छा, अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनबिना निजी तथा महँगा अस्पतालहरूमा लैजाने गरेको गुनासो मन्त्रालयमा प्राप्त भएको उल्लेख छ।

सूचनामा आपत्कालीन अवस्थामा रहेका बिरामी वा घाइतेलाई सहयोग गर्नुको सट्टा उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद र निन्दनीय कार्य भएको जनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
up