प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच पुस १५ गतेभित्र भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच पुस १५ गतेभित्र भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीले प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएकी हुन् ।

बिज्ञापन

सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेर निरन्तर संवाद गरीरहेको छ ।

सरकार र प्रसाईंबीच यसअघि पनि वार्ता भएको थियो । प्रसाईंले सरकारसमक्ष विभिन्न मागहरु राखेका छन् भने उनका मागलाई सरकारले पनि प्राथमिकतामा राखेको छ ।