
बनेपा । जिल्ला बचत संघ काभ्रेपलाञ्चोकको नयाँ नेतृत्वका लागि शनिबार पौष ५ गते उम्मेदवारी दर्ता भएको छ । तीन दलबीच भएको सहमतिअनुसार पद बाँडफाँट गरिएको छ ।

सहमतिअनुसार अध्यक्षमा उदयराम कायस्थ पुनः दोहोरिएका छन् भने सचिवमा राजन अधिकारी चयन भएका छन् । अध्यक्ष, सचिव, कोषाध्यक्ष जीवन श्रेष्ठ र लेखा समिति संयोजक शिवप्रसाद आचार्यसहित अधिकांश पदमा उम्मेदवार निर्विरोध भएका छन् ।
बिज्ञापन

उपाध्यक्ष पदका लागि निर्मला श्रेष्ठ र सागर कपालीबीच प्रतिस्पर्धा हुने देखिएको छ । पौष ८ गतेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ । लेखा समितिका तीनै पदमा भने सर्वसम्मत भएको छ ।




