आज २०८२ साल पुस ६ गते आइतबार, आजको राशिफल कस्तो छ ? 

काठमाडौं । आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २१ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ । हरेक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइ दाहिना भएकाले राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

बिज्ञापन

वृष : एकल निर्णयमा बाधा हुनेछ । साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रयास निरन्तर गर्नुपर्नेछ । परिवारलाई विश्वास गर्दा घात हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मिथुन : लगानीको क्षेत्रमा सफलता मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्दा फाइदा हुनेछ । बन्धुसँगको सहकार्य अगाडि बढाएका काममा सफलता मिल्नेछ । बौद्धिक व्यक्तिसँग समय बिताउँदा मन प्रसन्न हुनेछ । परिवारमा भने खटपटी हुने योग छ ।

कर्कट : अनुत्पादक क्षेत्रको लगानीले घाटा हुनेछ । दाजुभाइको सल्लाहमा अगाडि बढेमा दिन सहज हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढेको छ । सहकर्मीले आक्रमण निरन्तर गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंह : भाग्यको उदय हुनेछ । लगानीका क्षेत्रमा सफलता मिल्नेछ । पेट सम्बन्धी रोगले सताउने जोखिम छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । विपक्षी साथी तपाईंलाई असफल बनाउन सक्रिय भए पनि तपाईंले आफ्नो काममा निरन्तरता दिनु आवश्यक देखिन्छ ।

कन्या : दिन राम्रो भए पनि गलत ठाउँमा लगानी भए ठुलो घाटा हुनेछ । लगानी गर्नुपर्ने भए आफू अगाडि नबढ्नु राम्रो हुन्छ । स्वास्थ्यको क्षेत्रमा भने सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन राम्रो छ । आज सम्पत्ति आर्जन हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइ दाहिना भएकाले राम्रो कामको सुरुवात गरेमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा भने नगर्नु राम्रो हुनेछ ।

वृश्चिक : दिन सहज छ । आम्दानीका स्रोत बलिया छन् । सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । औषधी नियमित नहुँदा पुरानो रोगले सताउने जोखिम छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । बोल्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

धनु : दिन राम्रो छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुने दिन छ । राम्रो कामको सुरुवात हुनेछ । विपक्षी सक्रिय भएकाले हरेक काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । सहकर्मीसँग सहकार्य गरेर मात्र निर्णय गर्नु राम्रो हुनेछ । विपक्षी साथीको सम्मान गर्न नजान्दा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारबाट घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भ : दिन राम्रो छ । दीर्घकालीन योजना बनाउन सकिन्छ । गुरुसँगको परामर्शले मन हलुका हुनेछ । परिवारको तर्फबाट साथ मिल्ने दिन छ । साथीले महत्त्वपूर्ण काममा सहयोग गर्नेछन् ।

मीन : दैनिकी सहज छ । परिवारको साथ र सहयोग मिल्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ । बोलेको काम गर्नुपर्ने आवश्यकता देखिन्छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । बिहान पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।