
काठमाडौँ — नेकपा एमालेको ११औँ महाधिवेशनबाट महेश बस्नेत सचिव पदमा सर्वाधिक १५४४ मतसहित निर्वाचित भएका छन्। पद्माकुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) सचिवमा निर्वाचित भए।

अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। ओलीले १६६३ मत पाउँदा प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे।
बिज्ञापन





