

बनेपा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोक तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्टहरूले रातिको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्युनिकरणका लागि मादक पदार्थ सेवन (मापसे) चेकजाँचलाई तीव्र बनाएका छन्।

ट्राफिक प्रहरीले विशेषगरी रातको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले विभिन्न स्थानमा नियमित तथा आकस्मिक चेकजाँच सञ्चालन गरिएको जनाएको छ। चेकजाँचका क्रममा मापसे गरी सवारी साधन चलाएको पाइएमा कानुनअनुसार कारबाही समेत गरिएको छ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन सम्पूर्ण चालक महानुभावहरूलाई आग्रह गर्दै यसबाट आफ्नो मात्र होइन, अरूको पनि ज्यान जोखिममा पर्ने भन्दै सचेत रहन अनुरोध गरेको छ।
ट्राफिक प्रहरीले सुरक्षित सवारी संस्कृति विकासका लागि यस्ता चेकजाँचलाई निरन्तरता दिइने समेत जनाएको छ।


