सुदूरपश्चिममा थपिए ४६ हजार नयाँ मतदाता

# सुदूरपश्चिममा थपिए ४६ हजार नयाँ मतदाता
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर २६, २०८२
सुदूरपश्चिममा थपिए ४६ हजार नयाँ मतदाता

 काठमाडौं : सदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवापुस्ताका मतदाता बढी थपिएका छन्।

प्रमुख भट्टले भने, “निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य चलिरहेको छ। मतदाता दाबी, विरोध र त्रुटी सच्याउने कामका लागि शुक्रबारसम्मको समयावधि दिइएको छ।”

बिज्ञापन

गत असोज १० देखि मङ्सिर ५ गतेसम्म अद्यावधिकको लागि खोलेको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ र सबैभन्दा कम बाजुरामा १ हजार ५१७ नयाँ मतदाता थपिएका छन्। यसैबीच, औँठाछाप र फोटोसहितको राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइन विधिबाट नाम दर्ता गर्ने व्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up