
काठमाडौँ : आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई पक्राउ गरिएको छ।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, कार्कीले काठमाडौँको सिनामङ्गलमा आफ्नै छोराको हत्या गरी फरार भएका थिए। उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको हो।
बिज्ञापन

उपरीक्षक भट्टराईले भने, “छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौँ, अहिले थप अनुसन्धान भइरहेको छ।” प्रहरीले जानकारी दिएको अनुसार, असई कार्कीले सिनामङ्गलस्थित आफ्नै कोठामा घाँटी थिचेर छोराको हत्या गरेका थिए। हत्याको कारणबारे प्रहरी अनुसन्धानपछि खुल्ने जनाइएको छ।




