जरिवाना नबुझाएका ६ दलले पनि दिए निर्वाचनका लागि दल दर्ताको निवेदन

# जरिवाना नबुझाएका ६ दलले पनि दिए निर्वाचनका लागि दल दर्ताको निवेदन
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, मंसिर १८, २०८२
जरिवाना नबुझाएका ६ दलले पनि दिए निर्वाचनका लागि दल दर्ताको निवेदन

काठमाडौँ : आय व्यय विवरण नबुझाएका कारण निर्वाचन आयोगले तोकेको जरिवाना नबुझाएका ६ वटा दलले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् ।

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले दल दर्ताको निवेदन दिएका हुन् ।

बिज्ञापन

यी दलहरूले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण बुझाएका छैनन् । यी दलहरूले समेत २१ फागुनका लागि तय भएको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएकाले आयोग के गर्ने भन्ने छलफलमा छ ।

प्रतिक्रिया दिनुहोस !

छुटाउनु भयो र ! ?

up