चाडपर्वले राष्ट्रिय एकता बलियो बनाउँछ: प्रचण्ड

# चाडपर्वले राष्ट्रिय एकता बलियो बनाउँछ: प्रचण्ड
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, मंसिर १८, २०८२
चाडपर्वले राष्ट्रिय एकता बलियो बनाउँछ: प्रचण्ड

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकृति र मानवबीचको गहिरो सम्बन्धका प्रतीकका रूपमा मनाइने नेपाली चाडपर्वहरूले सांस्कृतिक पहिचान मजबुत बनाउनुका साथै सबै नेपालीलाई राष्ट्रिय एकतामा जोड्ने कार्य गर्दै आएको बताएका छन्।

उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमाका अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा उनले देश–विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन्।

बिज्ञापन

उनको सन्देशमा भनिएको छ, “सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाटै समावेशी र सहभागितामूलक राष्ट्र निर्माण सम्भव हुन्छ। नेपाली समाजको दीर्घ विकासयात्रामा यिनै सांस्कृतिक विविधताले सामूहिक चेतना र अन्तरसम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।”

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up