
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारीलाई प्रहरीले भर्खरै पक्राउ गरेको छ। नेकाप्रका गतिविधि सम्बन्धी छानबिन हुँदै गर्दा उनको संलग्नता आशंकामा सिआइबी (CIB) ले नियन्त्रणमा लिएको हो।

यसअघि केहीबेर अगाडि नेपाल प्रहरीको अपराध महाशाखा सिआइबीको टोलीले गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको थियो। प्रहरीका अनुसार दुबैलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको हो।
बिज्ञापन

पक्राउ दुवै घटनाले देशको उड्डयन क्षेत्र, नियमन प्रणाली र निजी एयरलाइन्स व्यवसायमा भइरहेको अनियमितता तथा सम्भावित भ्रष्टाचारबारे थप प्रश्न उठाएको छ। प्रहरीले भने घटनासम्बन्धी विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ।




