कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

# कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, मंसिर १७, २०८२
कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यस्थापन समितिको बैठक आज बस्दै छ । १५औँ महाधिवेशनको घोषणा भएपछि आज पहिलोपटक समितिको बैठक बस्न लागेको हो ।अबको डेढ महिनापछि सकाउने गरी व्यस्त कार्यतालिका आएपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा १ बजे बस्न लागेको हो । महामन्त्री गगन थापा संयोजकत्वको समितिमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य छन् ।

सदस्यतबाट १५ मंसिरको केन्द्रीय समितिले केही खुकुलो प्रावधान ल्याएसँगै बैठक बस्न लागेको जानकारी समितिका सदस्य प्रकाश स्नेहीले दिए । ‘पहिलो त केन्द्रीय समिति बैठकको निर्णयको समीक्षा हुन्छ । धेरै ठाउँमा नवीकरणको काम सकिएको छ । केहीमा बाँकी छ,’ स्नेहीले भने, ‘हामीसँग अब छोटो समयमा सदस्यता नवीकरण, वितरणको काम गर्नुपर्ने चुनौती छ । यसैले द्रुत गतिमा सहज र उदारतापूर्वक सदस्यताको काम सक्ने गरी अघि बढ्छौँ ।’

११ पुसमा सदस्यताको सूची केन्द्रमा आइसक्नुपर्ने निर्णय कांग्रेसले गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up