कांग्रेस महाधिवेशन अनिश्चित: कोइराला तीन महिना तयारी समय आवश्यक

# कांग्रेस महाधिवेशन अनिश्चित: कोइराला तीन महिना तयारी समय आवश्यक
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, मंसिर १६, २०८२
कांग्रेस महाधिवेशन अनिश्चित: कोइराला तीन महिना तयारी समय आवश्यक

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनका लागि बाँकी रहेको समय पर्याप्त नदेखिएको बताएका छन्।

आज पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन सम्पन्न गर्न कम्तीमा तीन महिनाको तयारी समय आवश्यक पर्ने भन्दै पुसमा महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषय अझै अनिश्चित रहेको स्पष्ट पारे।

बिज्ञापन
उनका अनुसार, पार्टीले पुसमा महाधिवेशन गर्ने निर्णय गरिए पनि समय अभावका कारण त्यो सम्भव नहुन सक्ने र यदि पुसमा नहुने हो भने महाधिवेशन निर्वाचनपछि गर्नुपर्ने स्थिति आउन सक्छ।

डॉ. कोइरालाले सबै तहका नेताहरूले महाधिवेशनको तयारीमा जुट्नुपर्ने उल्लेख गर्दै जेनजीसमेत सबै पक्षलाई प्रक्रिया भित्र समेटिनुपर्ने धारणा राखे।

सभापतिमा सम्भावित उम्मेदवारीबारे बोल्दै उनले आफू इच्छुक रहेको बताए। “सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुईजनामध्ये एक जना उम्मेदवार बन्छौँ,” उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up