मदानी विट डट कम तेस्रो वर्षमा प्रवेश

 

बनेपा/ ‘हरेक सूचनाको मन्थन, पारदर्शिता र निष्पक्षता’ भन्ने मुल नारा सहित २०८० मंसिर ११ मा सञ्चालनमा आएको मदानी विट डट कम अनलाइनले दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।

बिज्ञापन

अवसरमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ सहभागी रहे।

अनलाइनले पाठक रुचिअनुसार समसामयिक विषयवस्तु प्रकाशन गर्दै आएको छ। तेस्रो वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत नागरिक सरोकारका मुद्दालाई अझ प्रभावकारी ढंगले प्रस्तुत गर्ने योजना अध्यक्ष मोतीराम तिमल्सिनाले बताए।

सम्पादक श्याम सापकोटाले अनलाइनले नागरिकको सूचित हुने हक सुरक्षित गर्न तथा सामाजिक उत्तरदायित्व पूरा गर्न निरन्तर काम गरिरहेको उल्लेख गरे।

तेस्रो वर्ष प्रवेशको अवसरमा अनलाइनले सम्पूर्ण पाठक, दर्शक र शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।