भृकुटीमण्डपमा एमालेको ‘संविधान र लोकतन्त्र रक्षा’ विषयक वृहत जनसभा

 

काठमाडौं — नेकपा एमालेले आज बागमती प्रदेश कमिटीको आयोजनामा भृकुटीमण्डपमा ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी’ भन्ने नारासहित वृहत जनसभा आयोजना गरेको छ।

बिज्ञापन

जनसभामा सहभागी हुन एमालेका नेता–कार्यकर्ताहरू जुलुससहित भृकुटीमण्डप पुगेका थिए। त्यहीअनुसार सुरक्षालाई कडा बनाउँदै सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

एमालेले शुक्रबार मात्रै पुष्पराज श्रेष्ठलाई संयोजक बनाउँदै ‘भोलेन्टियर फोर्स’ गठन गरेको थियो, जसपछि आयोजित यो जनसभालाई पार्टीको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।