एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस

 

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा सिफारिस समितिले यसअघिको बढुवामा छुटेका अधिकारीलाई यसपटक समावेश गरेको हो।

बिज्ञापन

पहिलो नम्बरमा रहे पनि छुटिएपछि पाँच एसएसपी डीआईजीमा बढुवा भएका थिए। २३–२४ भदौमा जेनजी आन्दोलनका बेला काठमाडौं प्रहरी परिसरका प्रमुख रहेका अधिकारी घटनापछि सरुवा भएर हटिएका थिए।