सीटीईभीटीका प्रमाणपत्रमा आजदेखि क्यूआर कोड समावेश

 

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड समावेश गर्ने निर्णय लागू गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले सूचना जारी गर्दै आजैदेखि क्यूआर कोड अनिवार्य रूपमा समावेश गरिने जनाएको हो।

बिज्ञापन

सूचनाअनुसार परीक्षा नियन्त्रण कार्यालयबाट आइटिएमएस/अनलाइन प्रणालीमार्फत जारी हुने डिप्लोमा र प्रमाणपत्र तहका ट्रान्सक्रिप्ट तथा प्रि–डिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड राखेर मात्र प्रमाणपत्र जारी गरिनेछ।

नयाँ प्रणाली लागू भएपछि प्रमाणपत्रको प्रामाणिकता छिटो र सहज रूपमा जाँच गर्न सकिने परिषद्को भनाइ छ।