
काभ्रेपलान्चोक – बनेपा–८ मा रहेको श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डअनुसार सम्पन्न गरेको छ। थोरै सदस्यसंख्या हुँदाहुँदै पनि प्रभावकारी व्यवस्थापनका कारण सफल सहकारीको उदाहरण प्रस्तुत गर्दै आएको सो संस्थाको सभामा ९० प्रतिशतभन्दा बढी सेयर सदस्यको उपस्थिति थियो।


प्रबन्धक सरस्वती न्यौपानेका अनुसार सहकारीले ३२५ जना सेयर सदस्यसहित २६ लाख ७५ हजार सेयर पुँजी र एक करोड ८० लाख ऋण लगानीसहितको प्रगति प्रतिवेदन प्रस्तुत गरियो। अध्यक्ष त्रिरत्न मानन्धरले सहकारीले मूल्य–मान्यताअनुसार बनेपा र पनौती क्षेत्रमा सेवा प्रदान गर्दै आएको बताउनुभयो। साथै, सचिव महेन्द्र बिष्ट, कोषाध्यक्ष अर्जुन थापा र लेखा तथा सुपरीवेक्षण संयोजक हरिशरण बिष्टले आ–आफ्ना प्रतिवेदन पेस गरेका थिए।
बिज्ञापन





