


काठमाडौं। समानुपातिक प्रणालीका उम्मेदवारहरूको बन्द सूची पेश गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दुई दिन समय दिने तयारी गरेको छ।
बिज्ञापन


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आयोगले तयार पारेको प्रारम्भिक निर्वाचन तालिका अनुसार पुस १८ र १९ गते दलहरूले आफ्नो सूची बुझाउन सक्नेछन्। आवश्यक परे तालिकामा संशोधन गर्ने अधिकार आयोगसँग रहनेछ।

यसैबीच, आगामी निर्वाचनको तयारी स्वरूप राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त औपचारिक विज्ञप्ति जारी गर्दै समानुपातिक सांसदका लागि आवेदन आह्वान गरिसकेको छ। रास्वपाले आन्तरिक मापदण्ड तय गरी पात्र उम्मेदवार चयनको प्रक्रिया अघि बढाएको जनाएको छ।


