मधुमेह सचेतना सप्ताह–२०८२ : तिलगंगा अस्पतालबाट र्याली सहितको पहिलो दिन सफलतापूर्वक सम्पन्न

 

काठमाडौं, कार्तिक २२ गते (शनिबार)राजन थापा
मधुमेह (Diabetes) सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ सुरु गरिएको “मधुमेह सचेतना सप्ताह–२०८२” को पहिलो दिन आज तिलगंगा अस्पतालबाट सचेतना र्यालीको औपचारिक सुरुवात गरिएको छ।
र्यालीपछि तारकेश्वर नगरपालिका–५, गोलढुंगामा “Eye Screening तथा Diabetes Awareness Programme” सञ्चालन गरिएको थियो।
कार्यक्रममा समुदायका बासिन्दा, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रह्यो।
यस अवसरमा मधुमेह परीक्षण, रक्तचाप मापन, आँखा जाँच तथा स्वास्थ्य परामर्श सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो।

बिज्ञापन

कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय र सहयोग प्रदान गर्नु भएका आदरणीय वरिष्ठज्यूहरूलाई आयोजक संस्थाले विशेष धन्यवाद ज्ञापन गरेको छ —
1st VDG रमेश अधिकारी
2nd VDG विष्णुहरि फुयाँल
District Administrator Chief हसन गोपाली
District PRO Chief शैलेन्द्र दाहाल
District Area Chief सुशील श्रेष्ठ
Bagmati Area Chief बच्चन खड्का
Region Chairperson राजकुमार श्रेष्ठ
District Advisor श्यामसुन्दर महर्जन
कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउनु हुने
तिलगंगा अस्पतालका चिकित्सक तथा प्राविधिक टोली,
Community Eye Center का स्वास्थ्यकर्मीहरू,
Green City Hospital का स्वास्थ्यकर्मीहरू,
LCK Citizen Group का अध्यक्ष जनक बस्नेत,
लियो क्लबका भाइ–बहिनीहरू,
1st Vice President बाबुराम खत्री,
Secretary जगदीश्वर थपलिया,
र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबै मित्रहरू प्रती आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
कार्यक्रमका संयोजकहरूले मधुमेह नियन्त्रण र रोकथामका लागि नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, व्यायाम र सचेत जीवनशैली अपनाउन सबैमा आग्रह गरेका छन्। उनीहरूले यस अभियानमार्फत जनसाधारणमा दीर्घकालीन स्वास्थ्य सचेतना फैलाउने उद्देश्य रहेको बताए।
मधुमेह सचेतना सप्ताहको क्रममा आगामी दिनहरूमा पनि विभिन्न स्थानहरूमा स्वास्थ्य जाँच, जनचेतना र परामर्श कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
सप्ताहको पहिलो दिनमा सबैको उल्लेखनीय सहभागिता र सहयोगले कार्यक्रमलाई
सफल, अर्थपूर्ण र प्रेरणादायी बनाएको आयोजक संस्थाको भनाइ छ।
lck श्रि माछापाेखरिका अध्यक्ष श्रि सनत कुमार बस्नेत भन्नू हुन्छ सबै सहयोगी, उपस्थित र समर्थकप्रति मुरी मुरी धन्यवाद।