
✍️ शुकदेव थपलिया ।


सात वर्षअघि, जब म पहिलो पटक खानिखोला गाउँपालिका–६ साल्धारा पुगें, ढडेनीको त्यो उकालोमा चिसो हावा चलिरहेको थियो। पानी चुहिने खरको छानोमुनि बस्ने विरबहादुर थोकर र उनकी श्रीमती शुशीला का अनुहारमा असीम पीडा झल्किरहेको थियो। उनीहरूको कथा सामान्य थिएन । त्यो एउटा गाउँको कथा थियो, एउटा समयको, र एउटा समाजको जहाँ “छोरा” को आशामा सपना टुट्थे र छोरीहरूलाई जीवनभरको बोझ सम्झिन्थ्यो।


त्यो घरभित्र मैले देखेको पीडा, धुवाँले ढाकेको त्यो साँघुरो कोठा, र “सपनाहरु मरे, अब बाँच्नु बेकार छ” भन्ने विरबहादुरको भनाइ ती शब्दहरू मभित्र कहिल्यै मेटिएनन्। तर आज, सात वर्षपछि, त्यही ढडेनीको कथा फेरिएको छ।

त्यो घरमा अब अँध्यारो छैन । “प्रभात” को उज्यालो फैलिएको छ। प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड (प्रभात साकोस्), स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई आफ्नो नीतिको केन्द्रमा राख्दै आएको छ। आर्थिक सशक्तीकरण मात्र होइन, समुदायमा शिक्षाको ज्योति फैलाउने र आशा जगाउने संस्था बन्ने उद्देश्यका साथ यस सहकारीले यात्रा सुरु गरेको थियो।
समय बित्दै जाँदा प्रभात साकोस् आर्थिक हितकाे संस्था मात्र रहेन, यो साझा सपना, साझा भरोसा, र साझा संवेदनाको केन्द्र बन्दै गयो । विरबहादुरको परिवारको कथा एउटा घरको होइन, यो पुरा समाजको यथार्थ हो। त्यो समय “छोरा नहुँदा जीवन अधुरो” भन्ने सोचले समाजका धेरै परिवारलाई थिचिरहेको थियो।
त्यही पीडाका बिच प्रभात सहकारीको अध्यक्ष सागरनाथ कपाली र उनकी टीमले निर्णय गरे > “यदि सहकारी समाजको हो भने, त्यसले समाजकै पीडामा हात बढाउनु पर्छ।”
त्यसपछि सुरु भयो एक अद्भुत पहल प्रभात सकोस् ले विरबहादुरकी छोरी सुनिता थोकरलाई शैक्षिक सहयोग प्रदान गर्ने निर्णय गर्यो। जुन सहयोग रकमको रूपमै मात्र थिएन । त्यो एउटा विश्वास थियो, एउटा अवसर थियो जसले सुनिताको जीवनमा परिवर्तन ल्यायो।
आज, सनिता इन्जिनियरिङ अध्ययन सक्दै छिन्। त्यो त्यही घरकी छोरी हो, जहाँ कहिल्यै उच्च शिक्षा अध्ययन सम्म पुग्ने आशा पनि मरेको थियो। यो मात्र व्यक्तिगत उपलब्धि होइन, यो प्रभात साकोस् को सामाजिक अभियानको प्रतिफल हो। “प्रभात” को अर्थ : जीवनमा उज्यालो ल्याउने संस्था हो । “प्रभात” नाम आफैंमा प्रतीक हो, नयाँ बिहान, नयाँ सुरुवात।
गत सात वर्षमा सहकारीले सिर्फ आर्थिक लेनदेन मात्र गरेन, उसले जीवन र भावना सन्तुलन गर्ने काम गर्यो।
प्रभात साकोस् का प्रमुख सामाजिक योगदानहरू :
१. शिक्षा सहयोग कार्यक्रम : आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरूलाई छात्रवृत्ति, पुस्तक र पोशाक वितरण।
२. स्वास्थ्य सहायता कार्यक्रम : गाउँकै स्वास्थ्य चौकीमा औषधि र उपकरण सहयोग, बिरामीहरूको उपचार खर्च सहयोग।
३. कृषि प्रवर्द्धन योजना : स्थानीय किसानहरूलाई बीउ, सिँचाइका साधन र तालिम उपलब्ध गराउने।
४. आपतकालीन राहत कोष : बाढीपहिरो वा विपद्मा परेका सदस्यहरूलाई तुरुन्त राहत सहयोग।
५. महिला सशक्तीकरण तालिमहरू : सिलाइ–बुनाइ, साना उद्योग र उद्यमशीलता तालिमहरू।
६. पर्यावरण संरक्षण कार्यक्रम : वृक्षारोपण र सरसफाइ अभियान।7. विशेष अभियान : असहाय, अपांग, र वृद्धहरूको हेरचाहमा योगदान, खेल सामग्री वितरण देखि विविध ।
यी सबै कार्यक्रमहरूले “प्रभात” लाई समुदायको आत्मा जास्तै बनाइदिएको छ। यो विगत वर्ष, प्रभात सहकारीको साधारण सभा र वार्षिक उत्सव विशेष रह्यो।
यो बिचमा साकोस् सागर दाइ संग जोडिएको धेरै विषयमा बुझ्ने मौका पाए वाहको भनाई हुन्थ्यो “हामीले पैसाको कारोबार होइन, विश्वास र परिवर्तनको कारोबार गरेका छौँ। हाम्रा कामहरूलाई जनताले देखेका छन्, महसुस गरेका छन्। अब हाम्रो लक्ष्य अझै ‘उत्कृष्ट सहकारी’ बन्ने हो।”
एकपटक “पढ्न नसकिने” भायो भन्ने सोचकेी गाउँकी सुनिता अहिले इन्जिनियर बन्ने सपना पुूरा गर्दाै छिन्। उनको सफलतामा प्रभात साकोस् को सहयोग, विद्यालय परिवारको माया, र समुदायको समर्थन मिसिएको छ।
उनले भावुक हुँदै भनिन् “यदि प्रभात साकोस् ले मेरो लागि त्यो दिन सहयोग नगरेको भए म सायद आज पनि गाउँमै घर सम्हाल्दै हुन्थें। प्रभात मेरो जीवनमा साँच्चै ‘बिहानको पहिलो घाम’ हो।” सुनिताजस्तै अरु धेरै छोरीहरूको आँखामा पनि नयाँ सपना पलाएको छ। अझै शैक्षिक, स्वास्थ्य, र महिला सशक्तीकरण क्षेत्रमा प्रभातको पहुँच गाउँका हरेक कुनासम्म पुग्नु छ ।
सामाजिक लेखा अनुसार, सहकारीले आफ्नो कुल नाफाको केही % समुदाय विकासमा खर्च गर्दै आएको छ, जुन देशकै उदाहरणीय अभ्यास हो। अध्यक्ष सागरनाथ कपाली भन्छन् >”हामी हरेक सदस्यको पीडामा हात राख्छौं, र हरेक खुसीमा साथ दिन्छौं।”
यही दृष्टिकोणका कारण प्रभात साकोस् लाई अहिले जिल्ला कै “उत्कृष्ट सहकारी” बन्ने दिशा तर्फ अग्रसर मानिएको छ। यस सहकारीले सदस्य वृद्धि, डिजिटल सेवा विस्तार, र नयाँ युवा उद्यमशीलता योजनाहरू पनि अघि सारेको छ।
आजको यो साधारण सभाको अवसरमा म, सात वर्षअघिको त्यही घटनाको साक्षीको रूपमा, प्रभात सहकारीका सम्पूर्ण टिम — अध्यक्ष सागरनाथ कपाली, सचिव, कोषाध्यक्ष, सबै सदस्यहरूलाई हृदयदेखि धन्यवाद र शुभकामना व्यक्त गर्न चाहन्छु। “प्रभातले अँध्यारो घरमा उज्यालो बाल्यो, निराश मनमा विश्वास जगायो,
अब त्यो उज्यालोले सारा काभ्रेलीलाई उज्यालो बनाओस्।” सनिता थोकरजस्तै प्रत्येक गाउँकी छोरीले आफ्नो भविष्य देख्न पाओस्, प्रत्येक परिवारमा आशाको प्रभात फैलियोस्, र हरेक हृदयमा सहकारीको मानवीयता टल्कियोस्।
अब समय बदलिएको छ गाउँमा मोटरबाटो पुगेको छ, बिजुली बल्न थालेको छ, बस्तीमा उत्साह छ। अब सनिताहरुका सुन्दर सपनाका फूलहरू ले रंग भर्नेछ । जसलाई पूरा गर्ने प्रभात साकोस् जस्तै कयौ सहकारीहरु ले यो कुरा सिकुन् । यो प्रभात जस्ता सहकारीहरूको अथक मिहिनेत, मानवीय भावना र जिम्मेवारीको परिणाम हो।
प्रभात साकोस् केो अँध्यारोबाट उज्यालोतर्फको यात्रा अझै जारी छ,अब प्रभात साकोस् को नामसँगै त्यो यात्रा अब प्रेरणाको नाम बनिसकेको छ । यो र यस्तो सत्कर्म प्रभात ले कुनै न कुनै रूपमा कायम राखोस् । सिङ्गो सहकारी टीम प्रति हृदय देखि हार्दिक आभारी सहित शुभकामना ।





