एकीकृत समाजवादी फुट्यो, दुई धार– माधव नेपाल माओवादीसँग एकता प्रक्रियामा, झलनाथ खनाल नयाँ पार्टी गठनतर्फ

 

काठमाडौ‌ँ । लामो समयदेखि आन्तरिक विवादले ग्रस्त नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अन्ततः दुई टुक्रिएको छ। अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वका समूहबीच सहमति नजुटेसँगै पार्टी विभाजन औपचारिक बनेको हो।

बिज्ञापन

पार्टी अध्यक्ष नेपालको समूह अब माओवादी केन्द्रसँग एकता प्रक्रियामा अघि बढ्ने भएका छन्। नेपाल–दाहालबीच पछिल्ला दिनमा निरन्तर छलफल हुँदै आएको र संगठन तथा सिद्धान्तका आधारमा एकता अघि बढाउने तयारी मिलेको स्रोतले जनाएको छ।

त्यस्तै, नेता झलनाथ खनालले भने नयाँ राजनीतिक दल गठनको तयारी थालेका छन्। खनाल पक्षले अहिलेका गतिविधि, सैद्धान्तिक मार्गचित्र र पार्टीभित्रको असन्तुष्टिलाई आधार बनाएर वैकल्पिक संगठन निर्माण गर्ने बताइएको छ।

यससँगै एकीकृत समाजवादी औपचारिक रूपमा दुई छुट्टाछुट्टै धारमा विभाजित भएको घोषणा आन्तरिक रूपमा गरिने तयारी भइरहेको स्रोतले जनाएको छ।